featured iconnew

शहीद बहुमुखी क्याम्पस, स्थापना देखी रजत महोत्सव सम्म
प्रकाश चन्द्र सिग्देल  (ले.अ.)
जन आन्दोलन २०४६ सफल भए सँगै पाल्पा जिल्लाको पूर्वी भागमा पर्ने सदरमुकाम तानसेन देखी करीब ६५ कि.मी.को दुरीमा रहेको स्याङ्जा, तनहुँ र नवलपरासी जिल्लाको केही भागलाई पायक पर्ने यस रामपु गा.वि.स (हाल रामपुर नगरपालिका) मा विकासको पूर्वाधार थप्ने क्रममा, यस क्षेत्रमा एस.एल.सी.पास भएपछि उच्च शिक्षा हासिल गर्न जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई कम गरी आफ्नै गाउँमा उच्च शिक्षामा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले एक क्याम्पसको आवश्यकता महशुस गरी क्याम्पस स्थापनाका लागि यहाँका शिक्षाप्रेमी, बुद्धिजिवी, समाजसेवीहरुको प्रतिनिधी (जसमा तत्कालिन सांसद कालुराम राना देवराज ढकाल, विष्णु प्रसाद रेग्मी, पद्म राज पोखरेल, भिमलाल पौडेल लोकनाथ भट्टराई, प्रकाश चन्द्र सिग्देल र माधव प्रसाद पोखरेल) मण्डल २०४८ साल कार्तिक महिनामा त्रिभुवन विश्वविद्याल किर्तिपुर काठमाडौं पुगी  क्याम्पस स्थापनाको माग गर्दा विश्व विद्यालयका सम्बन्धन महाशाखा प्रमुख प्रा.डा.श्री पन्नालाल प्रधानबाट कार्तिक महिना भित्रमै क्याम्पस सम्बन्धनका लागि आवश्यक रु.६,५०,०००।– जम्मा गरी आएमा सम्बन्धन प्रदान गर्ने आश्वान प्राप्त भएपछि प्रतिनिधी मण्डल काठमाडौंबाट रामपुर आइपुगेको पाइन्छ ।
क्याम्पस खोल्ने उद्देश्यले २०४८ कार्तिक २४ गते बसेको भेलाबाट रामप्रसाद रेग्मी, मकबुल मियाँ, सुरेन्द्र शर्मा, देवराज ढकाल, रामप्रसाद भट्टराई, बिमलप्रसाद भण्डारी, विष्णुप्रसाद रेग्मी ञमनाथ देवकोटा, पद्मराज पोखरेल, कमलाकान्त देवकोटा, नन्द बहादुर नेपाली, लोकनाथ भट्टराई, हुमनाथ न्यौपाने, भगवती ढकाल, भिमलाल पौडेल, उमापति देवकोटा, डोलराज रेग्मी रहेको सत्र सदस्यीय क्याम्पस संचालक समितिको गठन हुन्छ । उक्त समितिको २०४८ कार्तिक २७ मा समितिका जेष्ठ सदस्य श्री ञमनाथ देवकोटाको अध्यक्षतामा बैठक बसी श्री राम प्रसाद रेग्मी रामपुर ४, लाई अध्यक्ष, श्री मकबुल मियाँ, दर्छा ८ लाई उपाध्यक्ष र श्री देवराज ढकाल रामपुर ८, लाई सचिवको जिम्मेवारी दिने (क्याम्पस प्रमुखको नियुक्ति नभएसम्म) निर्णय हुन्छ, त्यसै बैठकबाट जनआन्दोलन २०४६ मा यसै ठाउँमा शाहदत प्राप्त गर्ने शहीद सूर्य घिमिरे लगायत ज्ञात अज्ञात शहीहरुप्रति स्मरण गर्दै क्याम्पसको नाम शहीद क्याम्पस राख्ने निर्णय गरेको पाइन्छ । साथै क्याम्पस स्वीकृतिका लागि आवश्यक रकम जम्मा गर्न चन्दा संकलन गर्ने काम पनि हुन्छ ।
आवश्यक रकम जम्मा गरी कार्तिक महीना भित्रै त्रिभुवन विश्वविद्यालय पुग्नुपर्ने भएको र समय निकै कम भएकाले केही रकम चन्दा संकलन गरी त्यसमा थप रामतुलसी मा.वि. (हाल उ.मा.वि.) का स्टाफबाट .३३,०००।– रामपुर फाँट सिंचाई योजनाका स्टाफबाट रु.३७,००।– नन्द बहादु नेपाली रामपुर–३, बाट रु.९,५००।–, डोलराज रेग्मी रामपुर–५ बाट रु.१२,०००।– भिमलाल पौडेल रामपुर–४ बाट रु.५,५००।– देवराज ढकाल रामपुर–८ बाट रु.६,०००।– उमापति देवकोटा रामपुर–६ बाट रु.४,०००।– लोकनाथ भट्टराई रामपुर–१ बाट रु.४,०००।– र कृष्ण प्रसाद भट्टराई रामपुर–५, बाट रु.२,०००।– समेत गरी जम्मा रु.७९,७००।– सापटी लिई त्यस रकममा चन्दाबाट संकलन भएको रकम थप गरी जम्मा रु.१,४४,०००।– बैङ्क जम्मा गरी काठमाडौं पुग्दा नपुग अन्य रकम सोही वर्षको चैत्र महीना सम्ममा जम्मा गर्ने गरी शहीद क्याम्पसले तत्काल श्री रामतुलसी मा.वि.को भवनमा बिहानी समयमा संचालन हुनेगरी मानविकी तथा सामाजिक शास्त्र संकायका अर्थशास्त्र, नेपाली, राजनीतिशास्त्र र भूगोल विषयहरु संचालन गर्ने गरी २०४८ मंसिर ५ गते प्रविणता प्रमाणपत्र तहमा सम्बन्धन प्राप्त गर्दछ । साथै उक्त सापटी लिइएको रकम विद्यार्थी भर्नाबाट आम्दानी भएपछि फिर्ता गरेको पाइन्छ ।
क्याम्पसले सम्बन्धन प्राप्त गरे सँगै क्याम्प संचालक समितिको २०४८ मंसिर १३ को बैंकबाट क्याम्पस संचालनका लागि आवश्यक पर्ने निर्णयहरुमा निर्णय गरिन्छ । जसमा, विद्यार्थीको शुल्क निर्धारण, स.प्रा.को विज्ञापन गर्ने र शहीद क्याम्पसलाई सम्बन्धन प्रदान गरेकोमा त्रिभुवन विश्वविद्यालयलाई धन्यवाद दिने लगायत निर्णय हुन्छ । साथै २०४८ मंसिर २६ को निर्णय अनुसार २०४८ पौष ७ गते देखी कक्षा संचालन हुन्छ र सोही दिन विशेष समारोहका बिच पाल्पा जिल्लाका संसद सदस्यद्वय माननीय श्री कालुराम राना र माननीय श्री गम्भिर जंग कार्कीबाट क्याम्पसको उद्घाटन साथै २०४८ पौष ७ को सं.स.को बैठकले निमित्त क्याम्पस प्रमुखमा श्री भानुभक्त रेग्मी, स.प्रा. मा श्री पद्मप्रसाद ढकाल, श्री सुनिल कुमार श्री वास्तव, श्री सुनिल कुमार सिंह र श्री देवेन्द्र प्रताप सिं र कार्यालय सहयोगीमा कृष्ण प्रसाद आचार्यलाई नियुक्ति गर्ने निर्णय हुन्छ । साथै श्री कमलाकान्त देवकोटाले २०४८ माघ १ गते देखि प्रशिक्षकमा सेवा गर्नुभएको पाइन्छ भने २०४८ मंसिर १५ को क्याम्पस विशेष समितिको निर्णय अनुसार प्रशाकिय सहायक पदमा श्री विश्वबन्धु पौडेललाई नियुक्ति गरेको पाइन्छ । साथै श्री टंकनाथ काफ्ले खालिवन ८ र श्री देवराज ढकाल रामपुर ८, ले नियुक्ति नलिइ केही समय निःशुल्क रुपमा सेवा प्रदान गरेको पाइन्छ । साथै प्रशासकिय श्री विश्ववन्धु पौडेलले २०४८ माघ १५ पछी सेवा गर्न छाडेकोले उक्त पदमा विज्ञापन भई प्रकाश चन्द्र सिग्देल २०४८ फाल्गुण ४ देखी सेवा प्रवेश गरेको र कार्यालय सहायक श्री कृष्ण प्रसाद आचार्यले २०४९ वैशाख १५ सम्म सेवा गरी छाडेकाले २०४९ वैशाख १६ देखी कार्यालय सहायक पदमा कृष्ण बहादुर दरैले सेवा गरेको पाइन्छ ।
सम्बन्धन प्राप्त गर्दाका विषयका अतिरिक्त ऐ. अंग्रेजी र ऐ. गणित विषय अध्ययन गर्र्ने विद्यार्थीहरु पनि भएको र सो विषय पनि यसै वर्र्षबाट संचालन गर्ने भनी क्याम्पस संचालक समितिको २०४८ पौष २५ को बैठकबाट विषय थपका लागि त्रिभुवन विश्वविद्यालयमा विषय थप गर्ने निर्णय भई विषय थपको माग हुँदा २०४८÷११÷०२ मा उक्त विषय थपको अनुमती प्राप्त भई उक्त विषयहरु समेत संचालन भएको पाइन्छ । साथै रिक्त रहेको क्याम्पस प्रमुख पदमा २०५० भाद्र ६ को क्याम्पस समितिको बैठकबाट स.प्रा. श्री रामप्रसाद न्यौपानेलाई नियक्ति गर्ने निर्णय हुन्छ । प्रथम वर्षमा १६२ जना विद्यार्थी र ६ जना स.प्रा. दूई जना कर्मचारी लिएर संचालनमा रहेको क्याम्पसको आफ्नै भवन निर्माण गर्नुपर्ने काम चुनौतीको रुपमा रहेको थियो भने नपुग रकम जम्मा गर्नु पनि अर्को चुनौती थियो । सोही कायका लागि निर्णय लिन भनी २०५० भाद्र १२ मा सरोकार वालाको आम भेला बोलाई छलफल हुँदा रामपुर गा.वि.स. वडा नं. ५ किसानबारीमा भवन निर्माण स्थलको टुङ्गो लाग्छ । साथै पाँच कोठे भवन निर्माण गर्ने र नपुग रकम जम्मा गर्ने प्रमुख जिम्मेवारी रामपुर गा.वि.स. वडा नं.५ बस्ने श्री तिर्थ प्रसाद पंगेनी, श्री पद्मराज पोखरेल, श्री विष्णु प्रसाद पौडेल, श्री विनोद कुमार पोखरेल र श्री शुकदेव पोखरेललाई दिने निर्णय हुन्छ ।
शहीद क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको हकहितको लागि भनी विद्यार्थीहरुबाट स्वतन्त्र विद्यार्थी युनियनको माग हुँदा २०४९ भाद्र १५ को क्याम्पस संचालक समितिको निर्णयले २०४९ कार्तिकमा स्व.वि.यू. निर्वाचन प्र.शि श्री कमलाकान्त देवकोटा मतदान अधिकृत भई सम्पन्न हुँदा शहीद क्याम्पसको प्रथम सभापतीका रुपमा श्री मजिबुर रहमा शेख, उपसभापतिमा श्री शारदा देवी सिग्देल …… निवाचित भएको पाइन्छ ।
भवन निर्माणका लागि स्थान निर्धारण भएपछि रामपुर गा.वि.स.का तत्कालिन गा. वि. स. अध्यक्ष श्री राम प्रसाद भट्टराईवाट भवन शिलान्यास भएपछि जिम्मेवारी प्राप्त गर्ने व्यक्तिहरुको प्रमुख सक्रियतामा रामपुर गा.वि.स. वडा नं. ५ बाट विशेष रुपमा चन्दा संकलन गरी भवन निर्माण कार्य सम्पन्न हुन्छ र सोही भवनमा शै.व.२०५१÷०५२ देखी पठन पाठन प्रारम्भ भएको पाइन्छ भने अगाडी नै जम्मा गर्नुपर्ने धरौटी रकम तोकिएको समयमा जम्मा गर्न नसक्दा क्याम्पस संचालक समितिको बैठकले म्याद थपको माग गरेको हुन्छ र आ.व. २०५१÷०५२ मा जम्मा गर्नुपर्ने धरौटी रकम थप गरी त्रिभुवन विश्वविद्यालयले तोके अनुसारको रु.६,५०,०००।– जम्मा भएको पाइन्छ ।
यस क्याम्पसको तत्कालिन अवस्थामा परीक्षा केन्द्र त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कायम हुँदा विद्यार्थीहरु परीक्षाका लागि उक्त परीक्षा केन्द्रमा जाँदा निकै समस्या परेको र परीक्षा केन्द्र यस क्याम्पमै कायम गनका लागि त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा केन्द्रको माग पटक पटक गर्दा २०५३ देखी परीक्षा केन्द्र कायम हुन्छ । यसरी परीक्षा केन्द्र कायम भई प्रथम पटक केन्द्राध्यक्षको रुपमा आउनु भएका श्री अमर बस्नेत सरले यस अवस्थामा किसानबारीको आफ्नै भवनमा परीक्षा संचालन गराउन केही कठिनाई पर्न जाने भएकाले श्री राम तुलसी मा.वि.को भवनमा परीक्षा संचालन गराउने भनेपछि क्याम्पस संचालक समितिको सहमतीमा श्री रामतुलसी मा.वि.को भवनमै परीक्षा संचालन हुन्छ ।
यसरी क्याम्पसले परीक्षा केन्द्र पाइसकेपछि उच्च माध्यमिक शिक्षा परिषदद्वारा संचालन भएको +२ को कक्षा संचालन गनका लागि निवेदन माग हुन्छ भने त्रि.वि. अन्तर्गत नै स्नातक तहमा मानविकी तथा सामाजिक शास्त्र संकायको कार्यक्रम थप गन समेत संचालक समितिको निणय अनुसार माग गरिदा २०५४÷५५ देखि संचालन गर्नेगरी २०५४÷०२÷०२ मा व्यवस्थापन समूहको कक्षा संचालन गर्ने अनुमती प्राप्त हुन्छ साथै स्नातक तहमा पनि २०५४÷०५÷०५ देखी नै संचालन गर्ने गरी स्नातक तहको अनुमती प्राप्त हुन्छ । यसरी थप भएका कार्यक्रमहरुको परीक्षा केन्द्र तानसेन पाल्पामा कायम हुन्छ भने प्रमाणपत्र तहको क्याम्पसमै संचालन भै रहेका परीक्षा केन्द्र समेत द्वन्दका कारण पुन तानसेन मै कायम हुन पुग्छ । आफ्नै क्याम्पसमा परीक्षा केन्द्र कायम नभएपछि पटक पटक प्रयास गरी रामपुरमा सुरक्षा निकाय नभएको अवस्थामा पनि परीक्षा केन्द्र पुन कायम गराई निकै दुःख कष्टका साथ परीक्षा संचालन गराउन क्याम्पसन प्रशासन एवम् व्यवस्थापन पक्ष सफल हुन्छ ।
समितिको २०५६ श्रावण २१ को बैठकले स.प्रा. श्री त्रिविक्रिम खनाललाई …… क्याम्प प्रमुखको जिम्मेवारी दिएको पाइन्छ । क्याम्पस संचालनका लागि आफ्नो क्याम्पसको नियमावलीको आवश्यकता महशुस भइ २०५६ मंसिर २४ को क्याम्पस संचालक समितिले सं.स.अध्यक्ष श्री हुमनाथ न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय नियमावली निर्माण समिति गठन हुन्छ । साथै सोही बैठकले स.प्रा. श्री वासुदेव देवकोटालाई क्याम्पस प्रमुख पदमा नियुक्ति गर्ने निर्णय हुन्छ भने २०५७ श्रावण २७ को क्याम्पस संचालक समितिको स.प्रा.श्री मुरारी प्रसाद काफ्लेलाई सहायक क्याम्पस प्रमुख पदमा नियुक्ति गर्ने निर्णय हुन्छ ।
क्याम्पसमा तह र कार्यक्रम थप हुँदै जाँदा स.प्रा.को संख्या बढ्दै जानु प्राध्यापक तथा कर्मचारीलाई त्रिभुवन विश्वविद्यालयले व्यवस्था गरे अनुरुप सेवासुविधा दिनुपर्ने अवस्थाका कारण क्रमश संचालन खर्च नपुग हुँदैजान्छ । केही आर्थिक संकलन गर्ने उद्देश्यले क्याम्प संचालक समितिको २०५९ जेष्ठ ९ गतेको बैठकले क्याम्पसलाई रु.५०,०००।– भन्दा बढी सहयोग पुर्याउनेलाइ प्रधान संरक्षक, रु.२५,०००।– भन्दा बढी सहयोग गर्नेलार्ई संरक्षक, रु.१५,०००।– भन्दा बढी सहयोग गर्ने अतिविशिष्टि सदस्य को रुपमा सदस्यता वगीकरणको निर्णय हुन्छ । साथै सोही बैठकबाट २०५८ चैत्र मसान्त सम्म चन्दा प्रदान गर्ने मात्र स्थापक चन्दादाता मानिने निर्णय हुन्छ ।
२०५६ मंसिर २४ मा गठित नियमावली मस्यौदा समितिले तयार पारेको क्याम्प नियमवली धेरै पटकका क्याम्प संचालक समितिको बैठकमा छलफल भई २०६१ श्रावण ३० को बैठकबाट पारित हुन्छ । क्याम्पसमा स्नातक तहमा मानविकी संकायको साथसाथै शिक्षाशास्त्र संकायमा पनि अनुमति माग हुँदा शै.वं.२०६१÷०६२ देखि संचालन गर्ने अनुमति २०६१÷०६÷२२ मा प्राप्त भयो । शिक्षाशास्त्र संकायको अनुमती प्राप्त भई दुईवटा संकायमा स्नातक तह संकाय क्याम्पस संचालन हुन थालेपछि २०६१ भाद्र ६ को क्याम्पस संचालक समितिको निर्णय अनुसार शहीद क्याम्पसलाई शहीद बहुमुखी क्याम्पसको रुपमा नामाकरण गरियोस् भनी निवेदन पेश हुँदा २०६२ असार ६ को त्रि.वि.वि.को निर्णयले यस क्याम्पस बहुमुखी क्याम्पसको रुपमा स्थापित हुन पुग्छ । साथै शै.व. २०६२ देखि +२ तर्फ व्यवस्थापनको साथसाथै शिक्षाशास्त्र र मानविकी समूहका कक्षा समेत संचालन हुन्छन् भने त्रिभुवन विश्वविद्यालयको निती एवम् स्नातक तहमा शिक्षाशास्त्र संकाय कार्यक्रम थप हुँदाको सहमती अनुसार शै.व.२०६२÷०६३ देखि प्रमाणपत्र तहको कार्यक्रममा विस्थापीत ९एजबकभ यगत० हुन्छ । यसपछि प्रमाणपत्र तह सरहको +२ को कार्यक्रममा मात्र विद्यार्थी हुन्छन् ।
२०६५÷०८÷०९ को उच्च माध्यमिक शिक्षा परिषद्को निर्णय अनुसार एस.एल.सी उत्तिर्ण पछी शैक्षिक जनशक्ति विकास केन्द्र वा सो केन्द्रबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट १० महिने प्राथमिक शिक्षक तालिम प्राप्त गरेका व्यक्तिहरुलाई विशेष पाठ्यक्रम तथा विशेष ंरचना बमोजिमको कक्षा संचालन गर्ने अनुमती प्राप्त भए अनुसार उक्त संरचनामा दुई शैक्षिक वर्षसम्म कक्षा संचालनमा रहेको पाइन्छ । त्यस्तै गरी २०६६÷०६७ देखी स्नातक तहमा व्यवस्थापन ंकाय (वि.वि.एस.) को कार्यक्रम संचालन गर्न अनुमति माग हुँदा २०६६÷०४÷०४ को त्रि.वि.को निर्णय अनुसार २०६६÷०६७ देखि नै उक्त कार्यक्रम संचालन गर्ने अनुमति प्राप्त गरी कक्षा ंचालन हुन्छ । साथै २०६६ फाल्गुण ४ गते बसेको भेलाबाट शिक्षाशास्त्र संकायमा स्नातकोत्तर तह (एम.एड) कार्यक्रम संचालन गर्ने त्रिभुवन विश्वविद्यालयमा उक्त तहको कार्यक्रम थपको माग हुँदा उक्त कार्यक्रम थपको सम्भाव्यता अध्ययन गर्न डा.भुपेन्द्र हाडा र डा.ज्ञानेन्द्र पौडेलको टोली २०६७ वैशाख १० मा आईपुगी अन्तरक्रियात्मक बैठक सम्पन्न हुन्छ र शै.व. २०६७÷०६८ देखि शैक्षिक योजना र व्यवस्थापन (इ.पि.एम) र नेपाली विषयमा स्नातकोत्तर तह ंसंचालन गर्ने अनुमति प्राप्त भई उक्त शै.व. देखि स्नातकोत्तर तहको कक्षा कक्षा सन्ध्याकालिन समयमा हुन्छ र उक्त तहको कार्यक्रम संयोजकको जिम्मेवारी सहायक क्याम्पस प्रमुख श्री मुरारी प्रसाद काफ्लेलाई २०६८ । को संचालक समितिको निर्णय अनुसार दिइन्छ भने कक्षा कोठा अभावका कारण सन्ध्याकालिन समयमा संचालन भइरहेको उक्त कार्यक्रम २०७० फाल्गुण ११ देखी बिहानी समयमै संचालन हुन थाल्छ । यसरी स्नातकोत्तर तहको कक्षा संचालन भएपछि ग्रामीण स्तरमा +२ देखी स्नातकोत्तर तह सम्म संचालित एक सामुदायिक क्याम्पसको पहिचान कायम राख्न पुग्दछ । स्थापना काल देखी पौष ७ मा मनाउँदै आएको वार्षिक उत्सव समारोहको कार्यक्रम २०६८ मंसिर २३ को क्याम्पस संचालक समितिको निर्णयले २०६८ देखी प्रत्येक वर्र्ष माघ १६ गते शहीद दिवसको दिवसको दिन मनाउने निर्णय भएपछि सोही अनुसार वार्षिक उत्सव शहीद दिवसको दिन मनाउन थालिएको हो ।
यस शहीद बहुुमुखी क्याम्पु, स्थापना कालमा ६ जना प्राध्यापन तर्फ र दुई जना कर्मचारी रहेको अवस्थामा क्याम्पसको तलब भत्ता मात्र मासिक रु.१२,१८२।–, वार्षिक संचालन खर्च रु.३८,९३८।– मात्र भएको पाइन्छ भने हालको अवस्थामा दैनिक ……. वटा कक्षा ंसंचालन भएको अवस्थामा र त्यसका लागी अध्यापन तर्फ २५ जना ५ जना कर्मचारी रहँदा तलब भत्तामा मात्र मासिक करीब करीब रु.५,६०,०००।– हुन्छ भने वार्षिक संचालन खर्च रु.८९,१८,८९३।– सम्म हुन पुगेको छ । क्याम्पस स्थापनाको १०÷१२ वर्षसम्म त विद्यार्थी संख्यामा उतार चडाब भइरहने आर्थिक स्थिती कमजोर हुनु स्थानीय स्तरको जनशक्ति नहुनु आििद कारणले गर्दा क्याम्पसमा केही समय आई अध्यापन गर्ने र स.प्रा.को संख्या निकै उल्लेख्य मात्रामा रहेको पाइन्छ क्याम्पस स्थापना देखि हाल सम्मको अवस्थामा क्याम्पसमा सेवा गरी छाड्नेको संख्या ४९ पुगेको छ । त्यसैक्रममा पूर्व इलाम शुभाष राई (२०५६÷१२÷०३–५९) देखि पश्चिम कन्चनपुरका कामदेव चरौत (२०५४÷११÷१७–२०५४÷१२÷३१) सम्मका स.प्रा.हरुले सेवा गरेको स्मरणीय छ । त्यसै अवधी अन्तरगत श्री पतिराज पंगेनी २०५० मा केही समय निःशुल्क सेवा प्रदान गर्नु भएको थियो ।
क्याम्पस संचालनका शुरुका वर्षमा आर्थिक कठिनाई आई नपे पनि क्रमश तह र कार्यक्रम थप हुँदै जाँदा २०५९÷०६० सम्म आइपुग्दा क्याम्पसलाई आर्थिक समया देखा पर्छ फलस्वरुप प्राध्यापक तथा कर्मचारीहरुलाई भुक्तानी दिनुपर्ने बाँकी रकम बढ्दै जान्छ । सोही आर्थिक संकट कम गर्ने उद्देश्यका साथ २०५९ फाल्गुण ७ देखी १० सम्म रामपुर लोक साँस्कृतिक महोत्सवको आयोजना गरिन्छ । त्यसबाट केही रकम आम्दानी हुन्छ र त्यही अवस्थामा रामपुर गा.वि.स.मा अव्यवस्थित बसोबासलाई व्यवस्थि तगर्नभनी संकलन गरिएको रकम रु.१७,२२,०००।– रामपुर गा.वि.स. को खातामा रहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामपुर गा.वि.स.को खाता रोक्का भएको थियो । त्यसै अवस्थामा उक्त खाता फुकुवा गर्न यहाँका क्रियाशील राजनैतिक दल लाग्दा गा.वि.स.लाई उक्त रकम फुकुवा नदिने र कुनै सामुदायिक संघ संस्थालाई दिन सबै सहमत भएमा दिन सकिने भन्ने भएपछि क्याम्पस संचालक समिति र राजनैतिक दलको सक्रियतामा क्याम्पसको भौतिक एवम् शैक्षिक विकासका लागि खाता फुकुवा भएको जानकारी प्राप्त हुन्छ । त्यसपछि रामपुर गा.वि.स.को २०६०÷१०÷०२ को निर्णय अनुसार उक्त रकम क्याम्पस संचालनार्थ सहयोग दिने निर्र्णय भनी क्याम्पस खातामा जम्मा हुन्छ । उक्त रकम मध्ये रामपुर गा.वि.स.को निवेदन एवम् २०६० माघ २१ को क्याम्पस संचालक समितिको निर्णय अनुसार रु.२,२२,०००।– रामपुर गा.वि.स.लाई फिर्ता दिइन्छ । अन्य रकममा क्याम्पसमा भुक्तानी दिनुपर्ने रकम भुक्तानी गर्न ५,००,०००।– छुट्याई बाँकी रहेको रु.१०,००,०००।– र सांस्कृतिक महोत्सवबाट बचत हन गएको रु.१,००,०००।– समेत गरी जम्मा रु.११,००,०००।– क्याम्पस संचालक समितिको निर्णय अनुसार लगानी गरिन्छ । त्यसपछि क्याम्पसको आर्थिक अवस्थामा सुधार हुँदै जान्छ र विद्यार्थी संख्या पनि वृद्धि हुँदै जान्छ र क्याम्पस संचालनमा केही सहजता आउँछ । क्याम्पस स्थापनाको केही वर्ष सम्म जिल्ला विकास समिति पाल्पाबाट केही अनुदान रकम प्राप्त भएता पनि विगतका धेरै वष अगाडी देखि नै कुनै पनि प्रकाको अनुदान प्राप्त भएको देखिदैन त्यस्तै सांसद विकास कोषबाट पनि १÷२ पटक मात्र निकै वष अगाडी केही अनुदान प्राप्त गरेको हाल प्राप्त भएको पाइँदैन । रामपुर गा.वि.स. (हाल नगरपालिका) बाट स्थापना देखि नै हाल सम्म पनि बेला बेलामा सानो तिनो अनुदान प्राप्त भए कै छ । त्यसै क्रममा आ.व. २०७०÷७१ मा बास्केटबल कोर्ट निर्माणमा आँसिक सहयोग प्राप्त भएको थियो भने आ.व. २०७१÷०७२ मा मोटर साइकल पार्किङ् ट्रस निर्माणलाई अनुदान प्राप्त भएकोमा कम नपुग भएका कारण काम पूर्ण पमा सम्पन्न हुन सकेको छैन । साथै क्याम्पस संचालक समितिको २०५८पौष २० को निर्णय अनुसार क्याम्पस संचालक समिति (२०५८–२०६१ अवधीका) र क्याम्पसको आन्तरीक श्रोतबाट समेत गी क्यान्टीन भवन निर्माण हुन्छ । भने सरकाी अनुदानको रुपमा शुरुमा आ.व. २०५१÷०५२ मा शिक्षा तथा संस्कृति मन्त्रालयको नामबाट रु.६०,०००।– त्यसपछि पनि पटक पटक र पछि गएर विश्वविद्यालय अनुदान आयोगबाट नियमित वार्षिक रु.७,३०,०००।–सम्मको अनुदानका अतिरिक्त फर्निचर खरीद भवन निर्माण, क्षमता अभिवृद्धि तालिम संचालन उपकरण खरीदका लागि अनुदान रकम प्राप्त भईरहेको छ । विश्वविद्यालय अनुदान आयोगको अनुदानमा क्याम्पसमा पहिलो पटक २०६०सालमा कम्प्यूट खरिद गएिको पाइन्छ भने त्यस तर्फ रहेको दुई तलाको ८ कोठे भवन (पछि चार कोठाको थप) अनुदान आयोगको आँसिक सहयोग र क्याम्पसको आन्तरिक श्रोतबाट निर्माण भएको छ भने २०६८÷०६९ मा विनियोजित अनुदान रु.२५,००,०००।– र २०६९÷०७० मा १२,५०,०००।– बाट उत्तर तर्फ दुई तलाको ६ कोठे पक्कि भवन निर्माण भएको छ भने, २०७०÷०७१ मा फर्निचरका लागि प्राप्त रु.५,५०,०००।– बाट फर्निचर खरीद भएपछि विद्यार्थीका लागि आवश्यक फर्निचरहरुलाई परिपूर्ति भएको छ भने यस वर्ष २०७२÷०७३ मा उपकरण खरीदका लागि प्राप्त रु.६,००,०००।– बाट कम्प्यूटर,    फोटोकपी, प्रिन्टर लगायतका उक्त रकम बराबरको उपकरणहरु खरीद गरिसकिएको छ ।
क्याम्पस संचालन तर्फ शै.व.२०६२÷०६३ देखि आर्थिक सुधार भएपछि सानोतिनो निर्माणका कामरुका अतिरिक्त लगानी रकम बढ्दै गएपछि क्याम्पस आर्थिक स्रोत परिचालन संचालक समिति अध्यक्ष श्री तिर्थ प्रसाद पंगेनीको अध्यक्षतामा सात सदस्यीय आर्थिक स्रोत संकलन समिति गठन भएपछि सोही समितिको २०६६ चैत्र २९ को निर्णय अनुसार रामपुर ५, मोहटीमा केही जग्गा खरिद गरी केहि विक्रि गरी केही बाँकी नै रहेको छ भने १–५–०–२ (रोपनीमा) क्याम्पसकै नाममा राखीएको छ भने अहिलेसम्म क्याम्पसको लगानी रकम रु.३०,००,०००।– छ । सामुदायिक क्याम्पसको प्रमुख आय स्रोत विद्यार्थी नै हो शै.व.२०७०÷०७१ देखि विद्यार्थी संख्या मा पुन कमी आउन थालेपछि क्याम्पसको आयस्रोत पनि प्रभावित भई क्याम्पस संचालनमा आर्थिक कठिनाई देखापर्ने हो कि भनेर सोच्नुपर्ने बेला भएको छ ।
शैक्षिक संस्था संचालनमा पुस्तकालय पनि नभई नहुने पक्ष हो, सोही कुरालाई मनन गरी क्याम्पस स्थापना कालमा पनि विद्यार्थी अनुपातमा पुस्तकको व्यवस्था गरी स्थान एवम् व्यवस्थापन गर्ने सामग्री अभावका कारण पुस्तकलाई दराज मै राखेर पनि परम्परागत रुपमा दर्ता गरी रजिष्टरमा रेकर्ड कायम गरी विद्यार्थीहरुलाई पुस्तक वितरण गर्दै आएको पाइन्छ पछि समय विकास सँगै पुस्तकालय हेर्ने कर्मचारीको नियुक्ति भएपछि २०५४ देखि पुस्तक दर्ता र वितरण प्रक्रियामा सुधार ल्याएको पाइन्छ । विश्वविद्यालयले दिएको तालिम समेतलाई उपयोग गरी पुस्तक दर्ता र वितरण प्रक्रिया व्यवस्थित रुपमा कार्डको व्यवस्था गरीएकोछ । पुस्तकालयमा …… मा सांसद विकास कोषबाट २०५४ मा जापनीज संस्था द मिजन बाट प्राप्त भएको जापनीज पुस्तक जापनीज समाजसेवी काजुमासा काकिमी (ओ के बाजे) मार्फत र २०६० सालमा श्री हरिप्रसाद पाण्डे कास्की पोखराले रु.२१,००० बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको र क्याम्पसको आन्तरिक श्रोतबाट वार्षिक रुपमै पुस्तक खरीद भई हाल सम्म पुस्तकालयमा जम्मा ८०४३ पुस्तक दता भएको पाइन्छ भने पुस्तकालयमै अध्ययन कक्षाको व्यवस्था समेत गरेको छ ।
यस क्याम्पसमा विभिन्न अक्षयकोष स्थापना भएका छन् । जसमा आशिष वरदान स्मृती अक्षयकोष २०६२ सालमा स्थापीत अक्षयकोष हो, यस अक्षय कोषले क्याम्पसको वार्षिक उत्सवमा प्रतियोगितात्मक बौद्धिक कार्यक्रम संचालन गरी पुरस्कृत गर्नुको साथै यस क्याम्पस कक्षा ११ मा अध्ययन गर्ने मध्ये एस.एल.सी.मा सबैभन्दा उच्चतम् अंक ल्याउने र स्नातक तह प्रथम वषमा अध्ययन गर्ने मध्ये +२ मा सबैभन्दा उच्चतम् अंक ल्याउने विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति प्रदान प्रत्येक वर्ष गर्दै आइरहेको छ साथै फरक क्षमताका विद्यार्थीलाई विशेष छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । त्यस्तै यस क्याम्पसमा मित्र स्मृत अक्षयकोष, लोकप्रसाद शेष कुमारी श्रेष्ठ स्मृती अक्षयकोष, गिरीराज वशिष्ठ स्मृति अक्षयकोष र ईश्वरीमाया झविलाल खनाल स्मृती अक्षयकोष स्थापीत छन् । सबै अक्षयकोषबाट क्याम्पसको वार्षिक उत्सवका अवसरमा विभिन्न परीक्षाहरुमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई जेहेन्दार पुरस्कार प्रदान गर्दै आइरहेको छ । साथै क्याम्पस आन्तरिक स्रोतबाट प्रत्येक वर्ष कुल विद्यार्थी संख्याको ५% विद्यार्थीलाई पूरा छात्रवृत्ति रकम बराबर गरीब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्दै आएको छ भने केहीवर्ष विश्वविद्यालयबाट पनि छात्रवृत्ति प्राप्त भएर सम्बन्धित विद्यार्थीलाई वितरण गरिदै आएको छ ।
यस क्याम्पसबाट स्थापना देखि हालसम्म आइपुग्दा विभिन्न तह र संकायमा विद्यार्थी भर्ना संख्यामा उता चढाव भइरहेको पाइन्छ । साथै विद्यार्थीहरुमा भर्ना भई बिचैमा छाड्नेको ९म्चयउ यगत० संख्या पनि उल्लेख्य मात्रामा हेको पाइन्छ भने, शुरुका वर्षका तुलनामा हालका वर्षहरुमा छात्रको संख्या भन्दा छात्राको संख्या वृद्धि भई एक तिहाई भन्दा बढी भएको पाइन्छ । क्याम्पसमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गर्ने ४४२ जना +२ अन्तर्गत कक्षा ११ र १२ दुबै कक्षा उत्तिर्ण गर्ने ५६६ जना स्नातक तह उत्तिर्ण गर्ने ४१४ जना र स्नातकोत्तर तह उत्तिर्ण गर्ने १७ जना (शोधपत्र लेखन बाँकी) समेत गरी क्याम्पसबाट आफ्नो अध्ययन तह उत्तिर्ण गने विद्यार्थी संख्या १४३९ भएको पाइन्छ ।
क्याम्पस २०४८ मा स्थापना भएर रजत महोत्सव सम्म विभिन्न व्यवधानहरु पार गर्दै आइपुगेछ यस क्याम्पसले यस स्थानबाट, अन्यत्र शही क्षेत्रमा गएर अध्ययन गर्न असक्षम हुने विद्यार्थीहरुलाई बढि सेवा दिएको पाइन्छ । आफ्नै गाउँगाउँमा स्थापीत यस क्याम्पसको आउँदा दिनहरुमा सबै क्षेत्रबाट आवश्यक र सक्दो सहयोग प्राप्त होस् र क्याम्पसबाट धेरै भन्दा धेरै विद्यर्थीहरुले शैक्षिक प्रगति हाशिल गर्न सफल हुन् भन्दै क्याम्पसको आउँदा दिनहरुमा अरु उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।