featured iconnew

क्याम्पसको विगत, वर्तमान र भावि दिशा
कार्यपत्र
मिति २०७२।०९।०७

१. परिचय
शहीद वहुमुखी क्याम्पस पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि लगभग ६५ कि.मी. पूर्व रामपुर नगरपालिकाको समथर फाँटमा समाजसेवी, वुद्धिजिवी तथा सर्वसाधारण जनताको सहयोगमा स्थापित त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त एक सामुदायीक क्याम्पस हो । ग्रामिण क्षेत्रमा क्याम्पस संचालन गरी स्थानीय स्तरमै उच्च शिक्षा प्रदान गरिनुपर्छ भन्ने भावनावाट अभिप्रेरित भई वि.सं. २०४८ सालमा यस क्याम्पसको स्थापना भएको थियो ।
वि.संं. २०४६ को जन आन्दोलनमा यस रामपुर नगरपालिका ९साविक रामपुर गा.वि.स.० मा शाहदत प्राप्त गर्नुहुने शहीद श्री सूर्य घिमिरेको सम्झनामा यस क्याम्पसको नाम शहीद क्याम्पस राखिएको हो । स्थानिय रामपुर वासिहरुको चन्दा सहयोगबाट स्थापित यो क्याम्पस सुरुका वर्षमा रामतुलसी मा.वि. मा सञ्चालन गरि पछि जनस्तरबाट अर्थ संकलन गरि निर्मित किसानबारी स्थित आफ्नो भवनमा सरेको छ । हाल लगभग ६५ रोपनी सरकारी जग्गामा अवस्थित यस क्याम्पसमा उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत कक्षा ११ र १२ र त्रिभुवन विश्वविद्यालय अन्र्तगत वि.ए, वि.वि.एस, वि.एड, र एम.एड का कक्षाहरु सञ्चालन गर्ने अनुमति पाएको छ ।
यो २५ वर्षको इतिहास बोकेको शहीद क्याम्पस सञ्चालनका क्रममा शुरुका वर्षहरुमा शैक्षिक, आर्थिक, भौतिक र सामाजिक क्षेत्रहरुमा विविध समस्याहरु रहेको भएता पनि वर्तमानका वर्षहरुमा ति समस्याहरु न्युनिकरण हुनसकेको छ । तर समय सापेक्ष केही अन्य आंगिक, सामुदायिक तथा निजी क्याम्सको तुलनामा यसले प्रगती गर्न नसकेको र विविध समस्याहरुबाट वाहिर आउन नसकेको अवस्थामा क्याम्पसको विगत, वर्तमान र भावि योजना निर्माण ,दिशावोध, र रजत महोत्सव सम्पन्न गर्ने जस्ता सवालमा क्याम्पसका सुभेच्छुक र सरोकारवला हरुलाई आमन्त्रित गरि यो अन्र्तकृया कार्यक्रम अयोजना गरिएको छ ।
यस अन्र्तकृयाबाट क्याम्पसको वर्तमान अवस्थाबारेमा सरोकारवालाहरुलाई बोध भई समस्या पहिचान हुनुका साथै तिनिहरुको कारण पहिल्याइ समाधानका उपायहरु खोजी हुनेछ भन्ने विश्वास लिएका छौँ ।

२. क्याम्पसको वर्तमान भौतिक अवस्था
२०४८ सालमा श्री रामतुलसी उच्च मा.वि को भवनमा विहानी सत्रमा कक्षा सञ्चालन गर्ने गरि सम्वन्धन प्राप्त गरि सञ्चालित यो क्याम्पस २०५२ सालमा किसानबारी स्थित स्थानिय बासीहरुले दिएको चन्दा र जग्गाको क्षेत्रफल अनुसार उठाइएको रकमले निर्मित भवनमा सरेको थियो । यस क्याम्पसको स्थापना कालमा भएका विभिन्न प्रकारका भौतिक समस्याहरुको समाधान पुर्ण रुपमा गर्न नसकिएता पनि तिनिहरुको केहि मात्रामा समाधान हुन सकेको छ । यो क्याम्पसका कच्ची र पक्की गरेर ४ वटा भवनहरु रहेका छन् । पुराना २ कच्ची भवनहरु मध्ये एउटा ५ कोठे भवन बैशाख १२ को भुकम्पको कारण चर्किएको भएता पनि पर्याप्त कक्षाकोठा नहुँदा उक्त भवनमा समेत कक्षा सञ्चालन गर्नुपरिरहेको छ ।
एउटा च्ऋऋ भवनमा इााष्अभ, ब्अअयगलत च्ययm, भ्हबmष्लबतष्यल क्भअतष्यल,ीष्दचबचथ, क्तबाा च्ययm र ःबकतभचुक ीभखभ िका केही कक्षाहरु सञ्चालन भैरहेका छन् । २०६९ मा ग्न्ऋ वाट प्राप्त अनुदान रकम पच्चिस लाख (२५,००,०००) र २०७० मा प्राप्त रकम १२,५०,०००।– रकमबाट ६ कोठे पक्की भवन बनेको छ । सो भवन हाल द्यद्यक् द्ययिअप को रुपमा प्रयोग गरिएको छ । यसको अलावा २०५९ सालमा व्यवस्थापन समितिका सदस्यहरुको विशेष सहयोगमा निर्मित सामान्य क्यान्टीन र किसानबारी खानेपानीले निर्माण गरिदिएको त्यष्भित को भ्हतचब द्ययिअपक पनि रहेका छन् । २०७१ मा क्याम्पसको आन्तरिक स्रोत र नगरपालिकाको सहयोेग अनुदान बाट एउटा वास्केटबल कोर्टको निर्माण भएको छ । २०७२ मा क्याम्पसको आन्तरिक स्रोत र नगरपालिकाको अनुदानबाट सहयोग मोटर साइकल पार्किङ्ग स्थलको निर्माण भएको छ । तर यसको भुई ढलान गर्न बाँकी नै छ ।
गत वर्ष विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त रु.५,५०,०००।– अनुदान सहयोगबाट फर्निचर खरिद गरिएपछि पठन पाठन र परिक्षा संचालनको लागि आवश्यक पर्ने फर्निचरको समस्या समाधान भएको छ । तर पुस्तकालय, क्याम्पस प्रमुखको कक्ष र प्राध्यापकहरुको कक्षमा समयानुकुल फर्निचरको व्यवस्था हुन सकेको छैन् ।
शैक्षिक सामग्री, पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरुको पर्याप्तता र प्रयोग पनि विगतका वर्षहरु भन्दा सन्तोसजनक रहेको छ । आधुनिक भ्भिअतचयलष्अ ःभमष्ब को रुपमा ३ वटा इखभच ज्भबम एचयवभअतयचक प्रयोग गरिएका छन् । ब्म्क्ी को क्ष्लतभचलभत ँबअष्ष्तिथ, क्याम्पसमा सूचनाकेन्द्रको स्थापना र आफ्नो ध्भदकष्तभ प्रयोग गर्नु, सूचना र संचारको क्षेत्रमा क्याम्पसले गरेको प्रगति हो । यस वर्ष विश्वविद्यालय अनुदानबाट उपकरण खरिदको लागि दिइएको रु.६,००,०००।– बाट एउटा त्चबअभ द्ययबचम, ६ वटा ऋयmउगतभच, एउटा एजयतयअयउथ ःबअजष्लभ, एउटा एचष्लतभच, एउटा उचयवभअतयच र एउटा ीबउतयउ खरिद गरिएको छ । यसबाट क्याम्पसको शैक्षिक तथा प्रशाशनिक गतिविधिमा विशेष सहयोग हुने र प्राध्यापक र विद्यार्थीसम्म सूचना र विद्युतिय उपकरणको पहुँच पुग्ने आशा गरिएको छ । यि भौतिक प्रगति भएता पनि सन्तुष्ट भैहाल्नुपर्ने अवस्था अझ आएको छैन ।

३. शैक्षिक अवस्था
वि.सं. २०४८ मा यस क्याम्पसले प्रमाणपत्र तहमा मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत राजनितीशास्त्र, अर्थशास्त्र, अंग्रेजी, नेपाली गणित र भूगोल विषयहरुको अनुमति प्राप्त गरेको हो । तत्पश्चात वि.सं. २०५४ सालमा उच्च माध्यमिक शिक्षा परिषदवाट सम्वन्धन लिई व्यवस्थापन समुह तर्फ उच्च माध्यमिक तहको कक्षाहरु र सोही वर्ष देखी, स्नातक तहमा मानविकी संकाय तर्फका कक्षाहरु पनि संचालन हुँदै आएको छ । पुन वि.सं. २०६१ साल देखी शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तहमा नेपाली, अंग्रेजी र जनसंख्या विषयमा पठन पाठन गर्न पाउने अनुमति प्राप्त भएपछि यो क्याम्पस एक बहुमुखी क्याम्पसको रुपमा उभिएको छ । यस्तै गरेर २०६२ सालदेखि उच्च मा.वि. तर्फ मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र समुहका कक्षाहरु पनि संचालन हुँदै आईरहेका छन् ।
२०६६ सालदेखि व्यवस्थापन संकाय तर्फको स्नातक तह (वि.वि.एस.) का कक्षाहरु तथा शैक्षिक वर्ष २०६७ देखी शिक्षाशास्त्र संकाय तर्फ स्नातकोत्तर तहमा शिक्षा योजना तथा व्यवस्थापन (ई.पि.एम.) र नेपाली शिक्षा विषयहरुमा कक्षा संचालन भइरहेको छ । त्यस्तै गरी २०६९ साल देखी शिक्षा शस्त्र शंकाय तर्फ स्नातक तहमा स्वस्थ्य र शारिरीक शिक्षाको समेत अनुमति प्राप्त गरि कक्षा सञ्चालन भैरहेको छ ।
स्थापना कालदेखी हालसम्म आउँदा शैक्षिक स्तरमा परिमाणत्मक रुपमा विकास भएता पनि सोहि अनुपातमा गुणात्मक रुपमा विकास हुन सकेको छैन । विद्यार्थी भर्ना, परिक्षामा सम्मिलित प्रतिशत र उत्तिर्ण प्रतिशतमा सबै वर्षहरुमा सकारात्मक बृद्धि हुन नसकेको यथार्थता छदैछ । यसमा विभिन्न आन्तरिक तथा वाह्य तत्वहरु जिम्मेवार छन् ।भर्नाको लैङ्गिक अवस्था हेदा २५% छात्र र ७५% छात्रा रहेका छन् ।
शैक्षिक र भौतिक गुणस्तर सुधारका लागी विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर अभिवृद्धिका लागि (त्तब्ब् का लागी) निवेदन आवहान गरे अनुसार क्याम्पसले एउटा चरण पार गरेर अर्को चरणमा प्रवेश गरेको छ ।
४. प्रशासनिक तथा व्यवस्थापकिय अवस्था
क्याम्पसको व्यवस्थापकिय कार्य संचालनका लागी २०७१ मा श्री तिर्थ प्रसाद पंगेनीको अध्यक्षतामा २२ सदस्यीय व्यवस्थापन समितिको गठन भएको छ । त्यस्तै गरि प्रशासनिक कार्यका लगि एक जना क्याम्पस प्रमुख, एक जना सहायक क्याम्पस प्रमुख र विषयगत रुपमा ४ जना विभागीय प्रमुखहरुको पनि व्यवस्था गरिएको छ । हाल क्याम्पसमा ११ जना पूर्णकालीन प्राध्यापक, १५ जना परियड करार प्राध्यापक र ५ जना कर्मचारीहरु कार्यरत छन् ।
५.आर्थिक अवस्था
कुनै पनि शैक्षिक गुणस्तर र भौतिक अवस्थाको सुधारलाई सो क्याम्पसको आर्थिक अवस्थाले ठूलो प्रभाव पारेको हुन्छ । यो क्याम्पस ग्रामीण स्तरमा जनस्तरवाट सञ्चालित एगदष्अि ऋबmउगक भएको कारणले यसको आर्थिक अवस्था सामान्य रहेको छ । विद्यार्थीबाट आम्दानी हुने शुल्क, मुद्दती व्याज, नगद लगानीबाट प्राप्त व्याज, नगरपालिकाबाट प्राप्त हुने सामान्य अनुदान ग्न्ऋ बाट प्राप्त अनुदान यो क्याम्पसका मुख्य आम्दानीका श्रोतहरु हुन् । क्याम्पसको बढ्दो प्रशासनिक खर्चले गर्दा मौजुद आर्थिक अवस्थाले धान्न क्याम्पसको लागि ठूलो चुनौति वनेको छ । विद्यार्थी भर्ना नै आम्दानीको मुख्य श्रोत हुनाले भर्ना संख्यामा आउने उतार चढावबाट क्याम्पसको आम्दानी प्रत्यक्ष प्रभावित भएको पाइन्छ । क्याम्पस हातामा लगाइएको ५०० टिकका विरुवाले भविष्यमा आर्थिक सहयोग पु¥याउने आशा गर्न सकिन्छ । हाल आएर धेरै संकाय सञ्चालन र त्यसमा पढाइने धेरै विषयहरुको कारणले बढ्न गएको खर्चको कारण क्याम्पसको आर्थिक अवस्था केही वर्ष अगाडीको तुलनामा कमजोर बन्न पुगेको छ । पिरियड करारमा प्राध्यापनरत प्राध्यापकहरुलाई पूर्णकालीन रुपमा नियुक्ति दिन नसकिएको अवस्था छ । नियमित मासिक रुपमा तलब भत्ता खुवाउने समस्या देखा पर्न थालेको छ ।
क्याम्पसको आफ्नो स्वामित्यमा रहेको वडा नं १० मोहोटी को ३ रोपनी क्षेत्रफलको जग्गा यसको सम्पत्ती हो । क्याम्पसले लगानी गरेको रु.३०,००,०००।– र बैंक मौज्दातबाट वार्षिक व्याज रु.६,००,०००।– प्राप्त हुन्छ । विद्यार्थीहरुबाट कुल अनुमानित आम्दानी रु.४९,००,०००।– हुन्छ साथै विश्वविद्यालय अनुदान आयोगबाट नियमित अनुदान स्वरुप रु.७,३०,०००।– प्राप्त हुने गरेको छ । भने क्याम्पसको वार्षिक कुल खर्च रु. ७८,००,०००।– हुने अनुमान छ । क्याम्पसको नाममा विभिन्न वित्तिय संस्था र बैंकमा मौज्दात रु.११,५८,०५१।– रहेको छ । यसरी हेर्दा यस वर्ष क्याम्पसलाई सञ्चालन गर्ने रकम अपुग हुने देखिन्छ ।

६. शहीद बहुमुखी क्याम्पसको मुख्य चुनौतीहरु
२०४८ सालमा स्थापना भएर २०७२ सम्म आउँदाको २५ वर्षको इतिहास बोकेको क्याम्पस भएता पनि यस क्याम्पसले धेरै आर्थिक, शैक्षिक, भौतिक तथा सामाजिक क्षेत्रका चुनौतीहरुको सामना गर्नुपरेको छ । ति चुनौतिहरु यसप्रकार छन् ः
क) क्याम्पसलाई ऋयmउयगलमष्लन गरि व्यवस्थि गर्न नसक्नु ।
ख) पुस्तकालयमा आवश्यकता अनुसारका पाठ्यपुस्तकहरु तथा सन्दर्भ सामग्रीहरु पर्याप्त र समयानुकुल नहुनु र अध्ययनको लागी छुट्टै कक्षा नहुनु ।
ग) सबै कक्षामा ःगतिष् ःभमष्ब प्रयोग गरि शिक्षण कार्य सञ्चालन गर्न नसक्नु ।
घ) आर्थिक समस्याका कारण प्रध्यापकहरु त्था कर्मचारीहरुलाई समय समयमा च्भाचभकजभच ,ऋबउबअष्तथ म्भखभयिऊभलत र च्भकभबचअज त्चबष्लष्लन गराउन नसक्नु ।
ङ) विद्यार्थी शुल्क नै आम्दानीको मुख्य श्रोत हुँदा विद्यार्थीको भर्नाले आर्थिक अवस्थामा प्रत्यक्ष प्रभाव पार्नु ।
च) नजिक अन्य क्याम्पसहरु खुल्ने क्रम बढ्दै गएकाले क्याम्पसमा विद्यार्थी भर्ना घट्ने स्थिती देखा पर्नु।
छ) २०७२ बैशाख १२ को महाभुकम्पका कारण जोखिम पूर्ण भएको भवनमा पनि कक्षा सञ्चालन गर्र्नु ।
ज) प्राध्यापक तथा कर्मचारीहरुलाई समय सापेक्ष तलब भत्ता तथा सुविधा दिन नसक्नु, पिरियड करारका प्राध्यापकलाई पूर्णकालिन बनाउन नसक्नु, अनुदान र संचयकोषको व्यवस्था गर्न नसक्नु जस्ता कारणले यहाँ कार्यरत अधिकांश प्राध्यापकहरु क्याम्पस सञ्चालन भन्दा वाहिरको समयमा अन्य संस्थामा पनि कार्यरत हुँदा क्याम्पसको लागि आवश्यक पर्ने समय दिन नसक्नु ।
समग्रमा भन्नु पर्दा जन स्तरमा स्थापित यस सामुदायीक क्याम्पसले सिमित श्रोत र साधनको प्रयोग गरि गुणस्तरिय शिक्षा प्रदान गर्नु यसको लागी एउटा ठूलो चुनौतिको विषय बनेको छ ।
७. क्याम्पस सञ्चालनको भावि दिशा र योजना
यस क्याम्पस आफ्नो २५ वर्षे इतिहासमा विभिन्न समस्याहरु तथा चुनौतीहरु सँग जुध्दै यहाँ सम्म आइपुगेको छ । क्याम्पसले गुणस्तरिय शिक्षा प्रदान गर्न र विद्यार्थीहरुलाई यस क्याम्पस प्रति आर्कषित गरि आफ्नो आवस्था मजवुत बनाउनु पर्ने भएको छ । सुविधा सम्पन्न आंगीक क्याम्पस र व्यवसायिक निजी क्याम्पस संग प्रतिस्पर्धा गरि स्थापित हुने एक मात्र आधार शैक्षिक गुणस्तर बृद्धि हो भन्ने कुरा मनन गरि शैक्षिक अवस्था सुधार गर्नु आवश्यक छ । वर्तमान चुनौती तथा समस्याहरु समाधान गर्न क्याम्पसले निम्न भावि योजना बनाएको छ ः
क) क्याम्पसलाई ऋयmउयगलमष्लन गरि व्यवस्थित र सुरक्षित गर्ने ।
ख) क्याम्पसहाता भित्र पार्क, चौतारी र प्रतिक्षालय निर्माण गर्ने ।
ग) आवश्यकता अनुसारको फर्निचर, शैक्षिक सामग्री पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरुको व्यवस्था गर्ने ।
घ) आधुनिक विद्युतिय शैक्षिक उपकरणहरुको प्रयोग गर्दै शिक्षण सिकाई क्रियाकलापहरुलाई आधुनिक तथा समयानुकुल बनाउने ।
ङ) क्याम्पसमा ऋयmउगतभच ीबद को विस्तार गरि क्ष्लतभचलभत को पहुँच विद्यार्थीैहरु समक्ष पनि पु¥याउने ।
छ) समय–समयमा प्राध्यापक, कर्मचारी तथा सञ्चालकहरुलाई पुनरताजगी तालिम दिने ।
ज)) प्राध्यापक तथा कर्मचारीहरुको वृत्तिविकासका कार्यक्रमहरु सञ्चालन गर्ने ।
झ) .अनुसन्धान कार्य प्रति प्राध्यापकहरुलाई प्रेरित गर्ने ।
ञ) शिक्षण कार्य प्रयोगात्मक र अनुसन्धानात्मक बनाउँदै लैजाने ।
ट) पिरियड करारका प्राध्यापकहरुलाई क्याम्पसको आवश्यकता र प्राध्यापकहरुको कार्यदक्षता अनुसार पूर्णकालीन बनाउँदै लगी क्याम्पस नियमावली र त्रि.वी ऐन नियम अनुसार सेवा, सुविधाहरु प्रदान गर्दै जाने ।
ठ) क्याम्पसलाई आर्थिक रुपमा आन्तरिक तवरवाटै सक्षम बनाउन नियमित आयश्रोत को खोजी गर्ने क्रममा रामपुर नगरपालिका क्षेत्र भित्रको जग्गा खरिदमा लाग्ने रजिष्ट्रेसन दस्तुरमा थप १% लिई क्याम्पसलाई उक्त १% रकम सहयोग उपलब्ध गराउनका लागि रामपुर नगरपालिका मार्फत कार्यक्रम अगाडि बढाउने ।
ड) क्याम्पसको स्तर उन्नतिका लागी र स्थानिय स्तरमा शिक्षाको अवसर दिन आगामी वर्षहरुमा स्नातक तहमा बि.एड तर्फ गणित शिक्षा र स्नातकोत्तर तहमा एम.बि.एस. र अंग्रेजी शिक्षाका कक्षाहरु संचालन गर्ने ।
यस परिप्रेक्षमा क्याम्पसलाई एउटा नमुना र गुणस्तरीय शिक्षा दिने थलोको रुपमा विकास गर्न उपस्थित महानुभावहरुबाट आवश्यक राय सल्लाह सुझाव र सहयोगको अपेक्षा गरिन्छ । सवैले आ–आफ्नो स्थानबाट क्याम्पसका विविध विषयहरुमा ल्याउनुपर्ने परिवर्तन र गर्नुपर्ने कार्यको लागि आवश्यक सुझाव दिनुहुन र त्यसलाई कार्यान्वयनको लागि सहयोग पु¥याउन सबैलाई अनुरोध गरिन्छ ।
धन्यवाद