
विद्यार्थी भर्ना सम्वन्धि सूचना
उपरोक्त विषयमा, यस शहीद वहुमुखी क्याम्पस रामपुर पाल्पामा शै. व. २०७५÷०७६ का लागि ३ वर्षे मानविकी, ४ वर्षे व्यवस्थापन र ४ वर्षे शिक्षाशास्त्र सङ्काय तर्फ स्नातक तह प्रथम वर्षका लागि आवेदन तथा भर्ना फारम २०७५÷०५÷१० देखि खुलेको जानकारी गराईन्छ तोकिए वमोजिम आवश्यक प्रक्रिया पुरा गरी भर्ना हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकासित गरिन्छ । कक्षा संचालन मिति २०७४÷०६÷०१ गते देखि हुने समेत सम्बन्धित सबैको लागि जानकारी गराईन्छ ।
आवश्यक कागजातहरु
१) एस. एल. सी. को लव्धाङ्कपत्र र स्थानान्तर प्रमाणपत्रको प्रतिलिपी १र१ प्रति ।
२) +२ को ट्रान्सक्रिप्ट, माईग्रेसन, प्रोभिजनल प्रमाणपत्र र स्थानान्तर प्रमाणपत्रको प्रतिलिपी १र१ प्रति माईग्रेसन प्रमाणपत्रको सक्कल समेत ।
३) हालसालै खिचेको फोटोे पासपोर्ट साईजको ३ प्रति र अटो साईजको ३ प्रति ।
क्याम्पस प्रमुख